तेस्रो संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि गौरीशङ्कर हिर्टसलाई
पर्सा । तेस्रो संस्करणको मारवाडी प्रिमियम लिग क्रिकेटको उपाधि गौरीशङ्कर हिर्टसले जितेको छ । स्वर्गीय सुशील कुमार खेतानको स्मृतिमा वीरगन्जको आर्दश रङ्गशालामा आज भएको फाइनल खेलमा गौरीशङ्कर हिर्टसले अन्नपूर्ण टाइगर्सलाई सात विकेटले हराउँदै उपाधि जितेको हो । सुरुआती ब्याटिङ गरेको अन्नपूर्ण टाइगर्सले १५ ओभरको समाप्तिमा १० विकेट गुमाएर एक सय दुई रन जोड्न सफल भएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको गौरीशङ्करले १० दशमलव चार ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पछ्याउँदै उपाधि चुमेको हो । ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, समाजसेवी राजकुमारी खेतान, मारवाडी युवा मञ्चका अध्यक्ष अनुज रुगटा र पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले विजेता टोलीलाई नगद रु चार लाख, मेडल, प्रमाणपत्र र ट्रफी हस्तान्तरण गरे ।
यस्तै, उपविजेता टोलीले नगद रु दुई लाख पचास हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । १५ ओभरमा खेलाइएको खेलमा १० टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ‘म्याच अफ दी सिरिज’ कृष्ण सोनी भए । यस्तै, उत्कृष्ट ब्याट्सम्यानबाट हर्ष बारा, उत्कृष्ट बलर अभय रुगटा, उत्कृष्ट फिल्डर विनित लोहिया, ‘म्याच अफ दि म्याच’बाट राजन क्याल पुरस्कृत भए । यसैगरी ‘मोष्ट भ्यालुएवल खेलाडी’बाट अरपित महतो पुरस्कृत भए ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष खेतानले मारवाडी समुदायमा रहेका खेलाडीबिच भ्रातृत्व र खेलकौशल अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । ‘आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने उनले प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण