रास्वपा केन्द्रीय समिति बैठक लगत्तै दलको नेता छान्न संसदीय दलको बैठक बस्ने
सारांश
- रास्वपाले संसदीय दलको नेता छनोट र अन्य विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलायो।
- सहमति अनुसार बालेनलाई भावी प्रधानमन्त्री बनाउने र संसदीय दलको नेता बनाउने तयारी छ।
- पार्टी विधानमा जेसुकै भए पनि सहमतिमै दलको नेता छान्न कुनै बाधा नपर्ने बताइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने भएको छ । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि बिहीबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको छ ।
पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहसँग भएको ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं. ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । तर रास्वपाको विधान अनुसार बालेनलाई संसदीय दलको नेता बनाउन नमिल्ने चर्चा चलेको छ । यद्यपि रास्वपाका नेताहरूले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता बनाउन कुनै समस्या नभएको बताएका छन् ।
सचिवालय सदस्य गणेश पराजुलीले विगतमा भएको ७ बुँदे सहमति केन्द्रीय समितिबाट पहिल्यै अनुमोदन भइसकेकाले फेरि अनुमोदन गर्नुपर्ने आवश्यक नभएको बताए । संविधान र दल सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम भोलि बस्ने संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्ने उनले जानकारी दिए ।
‘बालेनलाई भावी प्रधानमन्त्री बनाउने गरी भएको ७ बुँदे सहमति पहिल्यै नै पार्टीको सचिवालय र केन्द्रीय समिति बैठकबाट अनुमोदन भइसकेको छ । उहाँलाई संसदीय दलको नेता बनाउनका लागि फेरि केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्दैन’, रातोपाटीसँग उनले भने, ‘सर्वसम्मत रूपमा दलको नेता बनाउने भनिसकेपछि विधान संशोधन गर्न आवश्यक छैन । संविधान र दल सम्बन्धी कानुनमा निर्वाचित सांसदहरूले दलको नेता छान्ने भनेकाले त्यसलाई अनुमोदन गर्न भोलि दिउँसो ५ बजे संसदीय दलको बैठक बोलाएका छौँ ।’
सहमहामन्त्री विपिन कुमार आचार्यले पनि बालेनलाई संसदीय दलको नेता बनाउनका लागि केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने जानकारी दिए । उनले पार्टी विधानमा जेसुकै व्यवस्था भएपनि सहमतिमै दलको नेता छान्नका लागि कुनै बाधा नपर्ने जिकिर गरे ।
‘हाम्रो पार्टीको विधानमा निर्वाचन अगावै पार्टी सदस्यहरूबाट संसदीय दलको नेता छनोट गर्ने भनिएको छ । तर, संविधानमा निर्वाचित सांसदहरू मध्येबाट दलको नेता छान्ने भनिएको छ । बालेनजीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेकाले उहाँलाई दलको नेता बनाउन विधान संशोधन गरिराख्नु पर्दैन’, उनले भने ।
नवनिर्वाचित सांसदहरूले बिहीबार संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ । शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएकाले त्यसअगावै पार्टीले उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई दिनेछ ।
फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६(१) बमोजिम बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण