६ दिनमै ९०० करोड क्लबमा धुरन्धर २, एनिमलको रेकर्ड ध्वस्त
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर २' ले बक्स अफिसमा सुनामी ल्याउँदै ९१९ करोड भारु कमाइ गरेको छ।
- फिल्मले भारतमा ५७५.६७ करोड भारु नेट कलेक्सन गर्दै अल्लु अर्जुनको 'पुष्पा २' को रेकर्डसँग बराबरी गरेको छ।
- 'धुरन्धर २' ले आमिर खानको 'सेक्रेट सुपरस्टार' र रणवीर कपूरको 'एनिमल' को कमाईलाई उछिनेको छ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म धुरन्धर २ ले बक्स अफिसमा सुनामी ल्याएको छ। रिलिजको छैटौँ दिन मंगलबारसम्म यस फिल्मले विश्वभर ९१९ करोड भारुको आँकडा पार गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले भारतमा मात्रै ५७५.६७ करोड भारुको नेट कलेक्सन गरिसकेको छ। सबैभन्दा छिटो ९०० करोड कमाउने मामलामा यसले अल्लु अर्जुनको पुष्पा २ को रेकर्डसँग बराबरी गरेको छ। पुष्पा २ ले पनि ६ दिनमै यो सफलता पाएको थियो।
धुरन्धर २ ले कयौँ ठुला ब्लकबस्टर फिल्मको लाइफटाइम कलेक्सनलाई उछिनेको छ। यसले आमिर खानको सेक्रेट सुपरस्टार (९१२.७५ करोड) र रणवीर कपूरको एनिमल (९१५ करोड) को कुल कमाईलाई पछि पारेको हो। छैटौँ दिन फिल्मको हिन्दी भर्सनले मात्र ५२ करोडको व्यापार गरेको छ भने तेलुगु, तामिल र मलयालम भाषामा पनि राम्रो प्रभाव जमाएको छ।
यसअघि फिल्मको पहिलो भाग धुरन्धरले विश्वभर १३०७ करोड कमाएर तहल्का मच्चाएको थियो। भारतमा मात्रै ८४० करोड नेट कलेक्सन गरेर यो हिन्दी भाषाकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। अमेरिका र क्यानडा जस्ता वैदेशिक बजारमा समेत यसले बाहुबली २ को रेकर्ड तोडेको थियो।
खाडी मुलुकहरूमा रिलिजको अनुमति नपाउँदा र ए रेटेड फिल्म हुँदाहुँदै पनि धुरन्धर सिरिजले भारतीय सिनेमामा नयाँ मानक स्थापित गरेको छ। अहिलेको रफ्तार हेर्दा धुरन्धर २ ले छिट्टै १ हजार करोडको क्लबमा प्रवेश गर्ने निश्चित देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण