हार नमान्ने ड्राइभर : १३९ पटकको प्रयासपछि लाइसेन्सको लिखित परीक्षा पास
सारांश
- पोल्याण्डका एक व्यक्तिले लाइसेन्सको लिखित परीक्षा १३९ पटकको प्रयासपछि पास गरे।
- उनले परीक्षाको तयारीका लागि गलत सफ्टवेयर प्रयोग गरेको र पछि पूर्ण सफ्टवेयरबाट पढेर सफलता हासिल गरे।
- लिखित परीक्षा पास गरे पनि उनले ट्रायल परीक्षा दिन बाँकी छ र यो पोल्याण्डको राष्ट्रिय रेकर्ड होइन।
वार्सा । पोल्याण्डका एक व्यक्तिको धैर्यता र जिद्दीले अहिले संसारभर चर्चा पाएको छ। टार्नो सहरका ती व्यक्तिले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षा पास गर्नका लागि झण्डै सात वर्ष लगाएर १३९ पटक प्रयास गरेका छन्।
सन् २०१७ देखि लगातार परीक्षा दिँदै आएका उनले यस क्रममा परीक्षा शुल्कमा मात्रै करिब १ हजार ८ सय युरो खर्च गरिसकेका छन्। पोल्याण्डमा प्रयोगात्मक (ट्रायल) परीक्षा दिनुअघि कम्प्युटरमा आधारित सैद्धान्तिक परीक्षा पास गर्न अनिवार्य हुन्छ। सामान्यतया मानिसहरूले १ देखि ३ पटकको प्रयासमा यो परीक्षा कटाउने भए पनि यी व्यक्तिका लागि भने यो फलामको चिउरा जस्तै बनेको थियो।
टार्नो परीक्षण केन्द्रका निर्देशक पावेल गुर्गुलका अनुसार दर्जनौँ पटक फेल भएपछि ती युवासँग कुराकानी गर्दा अनौठो तथ्य फेला परेको थियो। उनले परीक्षाको तयारीका लागि एउटा यस्तो सफ्टवेयरको डेमो भर्सन प्रयोग गरिरहेका थिए, जसमा सबै सम्भावित प्रश्नहरू नै थिएनन्। जब उनले पूर्ण भर्सनको सफ्टवेयरबाट पढ्न सुरु गरे, बिस्तारै उनको अंक सुधारिँदै गयो र अन्ततः १३९ औँ पटकमा उनी सफल भए।
लिखित परीक्षा पास गरे पनि उनले लाइसेन्स हात पारिसकेका छैनन्। अब उनले ट्रायल परीक्षा पास गर्नुपर्ने हुन्छ। यदि ट्रायलमा फेल भएमा उनले फेरि सुरुदेखि नै लिखित परीक्षा दिनुपर्ने नियम छ।
रोचक कुरा के छ भने, १३९ पटकको यो प्रयास पोल्याण्डको राष्ट्रिय रेकर्ड भने होइन। त्यहाँका अर्का एक व्यक्तिले १७ वर्ष लगाएर १६३ पटकको प्रयासमा मात्र लिखित परीक्षा पास गरेको रेकर्ड छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण