दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र संघ
काठमाडाैँ । विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन् । विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको छ र यसको प्रभाव विश्वभर फैलिएको छ ।
संयुक्त राष्ट्रसंघको परियोजना सेवा कार्यालयका कार्यकारी निर्देशक जोर्ज मोरेइरा दा सिल्भाका अनुसार हिंसा र अस्थिरताका कारण ठुलो सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य भइरहेका छन्, र यो संख्या प्रत्येक घण्टा बढ्दो क्रममा छ ।
उहाँले मध्यपूर्वको द्वन्द्वले सीमाना नाघ्दै विश्व अर्थतन्त्रलाई समेत असर पारेको उल्लेख गर्नुभयो । तेल, इन्धन र ग्यासको मूल्यमा तीव्र वृद्धि भई यसको असर विश्वव्यापी रूपमा देखिएको छ ।
विशेषगरी एशिया र अफ्रिकाका विकासोन्मुख देशहरू यसबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष विश्वभर भोकमरीको समस्या झन् गम्भीर बन्ने र प्रभावित हुने मानिसहरूको संख्या करोडौंले बढ्न सक्ने चेतावनी दिइएको छ ।
संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई सुरक्षा परिषदका निर्णयहरू कार्यान्वयन गर्न र कूटनीतिक तथा शान्तिपूर्ण उपायमार्फत द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ ।
उक्त कार्यालयले विश्वका १०० भन्दा बढी देशहरूमा परियोजना व्यवस्थापन, खरिद तथा पूर्वाधार विकाससम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण