कांग्रेसले खड्काको संयोजकत्वमा बनायो निर्वाचन समिति
बुधबार, ११ चैत २०८२, २० : ०७
सारांश
- नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि निर्वाचन समिति बनायो, जसको नेतृत्व प्रेमबहादुर खड्काले गर्नेछन्।
- पार्टीले आगामी असोज दोस्रो साता १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।
- यसअघि कानुन व्यवसायीको नेतृत्वमा निर्वाचन समिति बन्ने प्रचलन रहेकोमा यो पटक केन्द्रीय सदस्यको संयोजकत्वमा समिति बन्यो।
काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशन सम्पन्न गर्न पार्टीका केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
यसअघि कांग्रेसको महाधिवेशन गर्नका लागि कानुन व्यवसायीको नेतृत्वमा निर्वाचन समिति बनाउने प्रचलन रहे पनि यो पटक विशेष महाधिवेशनबाट आएको समितिले पार्टीका केन्द्रीय सदस्यको संयोजकत्वमा निर्वाचन समिति बनाएको हो । संयोजक खड्का गत पुसमा भएको विशेष महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा चयन भएका थिए ।
समितिका सदस्यहरू अझै तय भइनसकेका नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण