संविधान संशोधनका लागि राय सुझाव दिन कांग्रेसले बनायो समिति
बुधबार, ११ चैत २०८२, २१ : २०
सारांश
- नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ।
- उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति बनाउने निर्णय बैठकले गरेको छ।
- समितिले सबै प्रदेश र समुदायसँग संवाद गरी पार्टीको धारणा बनाउने छ।
काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय सुझाव दिनका लागि समिति बनाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार र बुधबार गरी दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिमा विषयगत विज्ञहरूलाई समावेश गरिने विज्ञप्तिमा जनाइएको छ । समितिले सबै प्रदेश सबै क्षेत्र र तह समुदायसँग संवाद गरी पार्टीको तर्फबाट धारणा बनाउने बैठकले निर्णय गरेको छ ।
समितिले बनाएको प्रतिवेदन लाई राष्ट्रिय साझा धारणा निर्माणका लागि अन्य पक्ष नागरिक समाज विशेषज्ञहरू राजनीतिक दलहरूसहित संवादको पहलकदमी पार्टीले लिने बैठकको निर्णय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण