दुर्घटनामा गर्भवती महिलाको मृत्यु, तर गर्भबाट बाहिर आएको शिशु भने सुरक्षित
गत शुक्रबार ब्राजिलको एक भयानक दुर्घटनामा एक बालिका अप्रत्याशित रुपमा बाँच्न सफल भएकी छिन् ।
काठले भरिएको एक ट्रकमा गर्भवतीले यात्रा गरिरहेकी थिइन् । यात्राका क्रममा केही कारणवश ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका कारण साओ पाउलो र क्युरिटिबाबीचको सडकखण्डमा दुर्घटनाग्रस्त भयो ।
फलस्वरुपः ती गर्भवती महिला ट्रकभित्रको काठले थिचिनुअघि ट्रकको क्याबिनबाट उछिट्इन् ।
जसका कारण ती महिलाको पेट चिरियो । अचम्म त के भयो भने उद्दारकार्यमा खटेकाले महिलाको पेटबाट निस्किएको छोरीलाई उनीभन्दा केही पर घाँसमाथि रोइरहेको अवस्थामा भेटे ।
ती नवजात शिशुलाई अलिकति पनि चोट नलागेको र नाल पनि दुर्घटनामा काटिएको विभिन्न रिपोर्टलाई उद्धृत गर्दै डेली मेलले बताएको छ ।
बालिकाको पारिक्वेरा–एकु क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका बेला उनकी आमा ३९ हप्ताकी गर्भवती थिइन् ।
पुलिसले शिशुकी मृत आमाको पहिचान खुलाउन अनुसन्धान गरिरहेको छ ।
यसका लागि पुलिसले महिलाको आफन्तलाई अपिलसमेत गरेको छ । यदि कोही नभेटिए ती महिलाको अन्तिम संस्कार गरेर शिशुलाई अनाथालयमा पठाइने पुलिसले जानकारी दिएको छ ।
घटनास्थलमा पहिलो पटक पुग्ने प्यारामेडिक एल्टन फर्नान्डो बार्बोसाले उक्त भयानक दुर्घटनामा बालिका बच्नु एक चमत्कार भएको बताउँछिन् ।
उनी भन्छिन्, ‘उनलाई भगवानले नै हात थापेका हुन् । उनी कसरी बाँचिन् म आफैंपनि अचम्मित छु । महिलालाई धेरैवटा काठले थिचेको थियो । ’
दुर्घटनामा आमालाई बचाउन नपाउँदा आफूहरु दुःखी भएको उनले बताइन् । अस्पतालका स्टाफले बालिकाको नाम ‘जियोभान्ना’ राखेका छन् जसको अर्थ ‘भगवानद्वारा सुरक्षित’ हो ।
सामान्य घाइते ट्रक ड्राभइरले ती महिलालाई लिफ्ट मात्र दिएकाले उनीबारे केही जानकारी नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण