वार्ताको प्रस्ताव राख्नु अमेरिकाको हार हो : इरानी विदेशमन्त्री
सारांश
- इरानी विदेशमन्त्रीले अमेरिकासँगको वार्ता प्रस्तावलाई वासिङ्टनको असफलताको रूपमा चित्रण गरे।
- उनले अमेरिकाले वार्ताको कुरा गर्नु नै उसको हार भएको दाबी गरे किनभने पहिले आत्मसमर्पणको माग गरेको थियो।
- ह्वाइट हाउसले इरानसँगको वार्ता तीव्र गतिमा अघि बढिरहेको दाबी गरे पनि इरानले अस्वीकार गरेको छ।
तेहरान । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्ता प्रस्तावलाई वासिङ्टनको असफलताको रूपमा चित्रण गरेका छन्। इरानी सरकारी टेलिभिजन (आईआरआइबी) लाई बुधबार अन्तर्वार्ता दिँदै उनले पहिले ‘बिना सर्त आत्मसमर्पण’ को माग गर्ने अमेरिकाले अहिले वार्ताको कुरा गर्नु नै उसको हार भएको दाबी गरेका हुन्।
अराघचीले अमेरिकाको फेरिएको शैलीले उसको पहिलेको रणनीति असफल भएको प्रमाणित गर्ने तर्क गरे। पछिल्ला केही दिनमा अमेरिकाले मित्र राष्ट्रहरूमार्फत तेहरानलाई कैयौँ सन्देशहरू पठाएको विदेशमन्त्री अराघचीले स्वीकार गरेका छन्। तर, उनले ती सञ्चारका माध्यमहरूलाई औपचारिक वार्ता वा संवाद भन्न नमिल्ने स्पष्ट पारे।
अमेरिकाले पठाएका सन्देशहरूको जवाफमा इरानले आफ्नो अडान र चेतावनीहरू मात्र पठाउने गरेको र यसलाई केवल ‘सन्देश आदानप्रदान’ मात्र मान्न सकिने उनको भनाइ छ। ती सन्देशहरूमा उठाइएका विषयहरू इरानका उच्च अधिकारीहरूसम्म पुर्याइएको र आवश्यक परेमा उनीहरूले नै आधिकारिक धारणा सार्वजनिक गर्ने अराघचीले बताए।
अर्कोतर्फ, ह्वाइट हाउसले भने इरानसँगको वार्ता तीव्र गतिमा अघि बढिरहेको दाबी गरेको छ। इरानले युद्ध अन्त्यका लागि अघि सारिएको १५ बुँदे योजनालाई तत्काल स्वीकार नगरे पनि वार्ता प्रक्रिया जारी रहेको अमेरिकाको बुझाइ छ। यद्यपि, इरानी पक्षले भने अमेरिकाको यो दाबीलाई अस्वीकार गर्दै आएको छ।
विदेशमन्त्री अराघचीले अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजको एउटा रिपोर्टलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धका सफल हमलाहरू मात्र देखाइने गरेको टिप्पणी समेत गरे। उनले अमेरिकी जनता र स्वयम् राष्ट्रपतिलाई समेत दैनिक रूपमा युद्धको बजारिकरण गरेर भ्रममा पारिएको आरोप लगाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण