राजीनामाकाे विषयमा गभर्नर पौडेलको प्रष्टीकरण- 'पद अस्थायी हो, आवश्यकताभन्दा बढी आशक्ति राख्नु हुँदैन'
सारांश
- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राजीनामाबारेको हल्लालाई व्यंग्यात्मक प्रतिक्रिया दिए।
- उनले पद अस्थायी भएको र कसैले राजीनामा दिन नभनेको बताए ।
- गभर्नर पौडेलले पदप्रति धेरै आशक्ति राख्न नहुने तर्क गरे।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो राजीनामाका बारेमा चलिरहेका चर्चा र हल्लाहरूलाई व्यङ्ग्यात्मक शैलीमा जवाफ दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र राष्ट्र बैंकले आयोजना गरेको बैङ्किङ ट्रेनिङ कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अहिलेसम्म कसैले राजीनामा दिनु भनेर नभनेको बताए ।
उनले भने, 'मलाई के लाग्छ भने व्यक्ति हुनु र नहुनुसँग धेरै कन्सर्न (चासो) राख्नु पर्दैन । पदहरू सबै अस्थायी नै हुन् । म यहीँ बसेर जिन्दगी बिताउँछु भनेर आउने चिज पनि होइन ।' गभर्नर पौडेलले हरेक पदको आउने र जाने समय निश्चित हुने बताउँदै पदप्रति धेरै आशक्ति राख्न नहुने तर्क गरे ।
उनले थपे, 'कुनै पनि कुरामा आवश्यकताभन्दा बढी आशक्ति राख्नु हुँदैन । मलाई जिम्मेवारी प्राप्त भयो, यो एउटा तथ्य हो ।'
'मिडियामा मात्रै लेखेको देखेको छु, कसैले मलाई राजीनामा दिन्छौ कि दिँदैनौ भनेर सोधेको पनि छैन र हामी आयौँ भनेर कसैले भनेको पनि छैन' उनले भने ।
उनले आफू सार्वजनिक पदमा बसेको हुनाले मानिसहरूको जिज्ञासा र मिडियाको चर्चालाई स्वाभाविक रूपमा लिएको बताउँदै आफ्नो कार्यकाल र जिम्मेवारीप्रति आफू सचेत रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण