एमाले सूदुरपश्चिम
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
सोमबार, २५ जेठ २०८३, १९ : ११
सारांश
- एमाले सुदूरपश्चिमको कार्यालयमा मन्त्री छनोटलाई लिएर तालाबन्दी गरिएको छ ।
- संसदीय दलका नेता राजेन्द्र रावलले एकलौटी गरेको भन्दै कार्यकर्ताहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
- सुदूरपश्चिममा आज मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ ।
काठमाडौँ । एमाले सुदूरपश्चिमको कार्यालयमा तालाबन्दी गरिएको छ।
मन्त्री छनोटमा संसदीय दलका नेता राजेन्द्र रावलले एकलौटी गरेको भन्दै सोमबार कार्यालयमा तालाबन्दी गरिएको हो ।
नेकपा एमाले सूदुरपश्चिममा भने मन्त्री छनोटको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
यसअघि आइतबार बसेको एमाले संसदीय दलको बैठकले कमल शाह नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सूची मुख्यमन्त्री कार्यालयमा पठाएको थियो ।
तर संसदीय दल नेता राजेन्द्र सिंह रावलले एकलौटी रूपमा नयाँ नाम पठाएपछि विवाद उत्पन्न भएको हो ।
सूदुरपश्चिममा आज मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ। कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बाेलाएर नयाँलाई मन्त्री बनाउन लागिएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण