मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

बिहीबार, १२ चैत २०८२, ०८ : ३९
बिहीबार, १२ चैत २०८२

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

कोषका संरक्षकसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई  आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत  गरेकी थिइन् ।

श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए । आफ्ना प्रमुख स्वकीयलाई नै कोषमा मनोनीत गरेको भन्दै प्रधानमन्त्री कार्कीको चौतर्फी आलोचना  भएको थियो ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप