मात्र ७ दिनमा धुरन्धर २ द्वारा १ हजार करोडको आँकडा पार, पुष्पा २ को कीर्तिमान बराबरी
सारांश
- रणवीर सिंहको चलचित्र 'धुरन्धर २' ले बक्स अफिसमा एक सातामै १ हजार करोडको आँकडा पार गर्यो।
- 'धुरन्धर २' ले 'पुष्पा २' को कीर्तिमानसँग बराबरी गर्दै ७ दिनमै यो सफलता हात पारेको हो।
- चलचित्रले भारतमा ७४४.५८ करोड र विदेशमा २६१.९२ करोडको व्यापार गरेको छ, जसले रणवीर सिंहको क्रेज बढाएको छ।
मुम्बई । भारतीय सिने उद्योगमा रणवीर सिंह स्टार चलचित्र धुरन्धर २ ले कमाइको मामलामा नयाँ इतिहास रचेको छ। रिलिजको एक साता नपुग्दै यस चलचित्रले विश्वव्यापी बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँको आँकडा पार गर्दै ब्लकबस्टर ‘पुष्पा २’ को कीर्तिमानसँग बराबरी गरेको हो।
यी दुवै चलचित्रले मात्र ७ दिनमा यो विशाल सफलता हात पारेका हुन् । यद्यपि ७ दिनको कूल कमाइमा भने १०११.६५ करोडसहित ‘पुष्पा २’ अझै थोरै अगाडि रहेको छ।
ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार रिलिजको सातौँ दिन अर्थात् बुधबार मात्रै भारतमा धुरन्धर : द रिभेन्जले ४७.७० करोडको नेट कलेक्सन गरेको छ। योसँगै चलचित्रको विश्वव्यापी ग्रस कलेक्सन १००६.५० करोड पुगेको छ।
भारतमा मात्रै यसले ७४४.५८ करोड ग्रस र ६२३.४२ करोड नेट कलेक्सन गर्न सफल भएको छ । विदेशमा पनि चलचित्रको जादु कायमै रहँदा ओभरसिज मार्केटबाट २६१.९२ करोडको व्यापार भएको छ।
रोचक पक्ष के छ भने धुरन्धरको पहिलो भागलाई १ हजार करोड कमाउन २२ दिन लागेको थियो, तर दोस्रो भागले यो सफलता मात्र एक हप्तामा हात पारेको छ। यो चलचित्र विश्वभर सबैभन्दा बढी कमाउने १० भारतीय चलचित्रको सूचीमा समेत पर्न सफल भएको छ।
सातौँ दिनको व्यापारलाई भाषागत रूपमा हेर्दा हिन्दी भर्सनबाट मात्रै ४४ करोडको व्यापार भएको छ भने तेलगु, तमिल, कन्नड र मलयालम भाषामा पनि यसको राम्रो प्रभाव देखिएको छ।
धुरन्धरको पहिलो भागले विश्वभर १३०७ करोडको व्यापार गर्दै हिन्दी भाषामा सबैभन्दा बढी कमाउने चलचित्रको कीर्तिमान बनाएको थियो । विशेष गरी अमेरिका र क्यानडामा यसले बाहुबली २ को रेकर्ड समेत तोडेको थियो।
खाडी मुलुकहरूमा रिलिजको अनुमति नपाउँदा र एडल्ट सर्टिफिकेट प्राप्त गर्दा समेत यसले प्राप्त गरेको यो सफलताले भारतीय सिनेमामा रणवीर सिंहको बढ्दो क्रेजलाई पुष्टि गरेको छ।
अहिलेको रफ्तार हेर्दा धुरन्धर २ ले आफ्नै पहिलो भागको १३०७ करोडको लाइफटाइम रेकर्डलाई छिट्टै माथ दिने देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण