प्रविधिमैत्री नेपाल बैंक : अधिकांश सेवा पाँच मिनेटभित्रै
रसुवा । सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ । यहाँस्थित नेपाल बैङ्क लिमिटेडको धुन्चे शाखाले बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल भएको छ ।
पहिले ‘चेक’ भुक्तानी गर्न लामो समय लाग्ने भए पनि अहिले अधिकांश सेवा पाँच मिनेटभित्रै सम्पन्न हुन थालेको सेवाग्राही खड्गबहादुर बोगटी बताउँछन् । उनले भने, “बैङ्कको सेवा प्रविधिमैत्री हुँदा सहज भएको छ । ”
जिल्लामा बैङ्कले धुन्चे शाखा र स्याफ्रुबेँसी इकाइबाट सेवा सञ्चालन भइरहेको छ । शाखा प्रबन्धक ल्हाक्पारिञ्जी शेर्पाका अनुसार दुबै कार्यालयमार्फत नियमित कारोबार गर्ने सेवाग्राही सङ्ख्या २०० भन्दा बढी पुगेको छ ।
जिल्लाको सदरमुकाम धुन्चेमा बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्न तथा उत्तरी भेगका नागरिकलाई स्थानीय स्तरमै बैङ्किङ पहुँच उपलब्ध गराउने उद्देश्यले स्याफ्रुबेँसी इकाइ स्थापना गरिएको हो । यस इकाइबाट ठूलोस्याफ्रु, खाम्जिङ, पेल्गो, बृद्धिम, थुमन, गोल्जुङ, गतलाङलगायतका गाउँका स्थानीयले निरन्तर बैङ्किङ सेवा लिँदै आएका छन् ।
बैङ्किङ कारोबार पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण भएपछि सेवा प्रवाह छिटो, पारदर्शी र सुरक्षित बनेको बैङ्कका खजान्ची प्रकाश ढकालले जानकारी दिए । जिल्लामा मात्रै नियमित बैङ्किङ सेवा प्रयोग गर्ने सेवाग्राही सङ्ख्या सात हजारभन्दा बढी पुगेको छ ।
चौबिसै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘एटिएम’ सेवा सञ्चालनमा ल्याइएको छ भने नोटकोषसमेत सञ्चालन गरिरहेको छ । जिल्लामा सञ्चालनमा रहेका दर्जनौँ (क) वर्गका बैङ्कहरूसँग अन्तरबैङ्क कारोबारसमेत सहज रूपमा हुँदै आएको छ ।
शाखाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ५२४ भन्दा बढी खाता सञ्चालनमा ल्याएको जनाएको छ । त्यसैगरी, सुनचाँदी व्यवसायी, कृषि क्षेत्र, व्यक्तिगत तथा संस्थागत जमानीमा विभिन्न प्रकारका कर्जा सेवा प्रदान गर्दै आएको छ ।
सुनचाँदी धितो कर्जा आजको आजै र अन्य धितो राखी ऋण प्रवाहको हकमा धितो सुरक्षाको व्यवस्था मिलाएर ऋण प्रवाह गरिने गरिएको बैङ्कले जनाएको छ ।
रसुवामा पेन्सन बुझ्ने सेवाग्राहीको सङ्ख्या करिब ६० रहेको छ भने सरकारी कार्यालय तथा सामाजिक सङ्घसंस्थाका सबै प्रकारका भुक्तानी र जम्मा प्रक्रियाको सेवा पनि यही बैङ्कमार्फत हुँदै आएको छ । विसं १९९४ मा स्थापना भएको नेपाल बैङ्क लिमिटेड नेपालको जेठो बैङ्कका रूपमा परिचित छ । रसुवामा भने यसको शाखा विसं २०३३ मा स्थापना भएको थियो । जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन बैङ्कले महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरू बताउँछन् ।
बैङ्कमा सुरक्षा गार्डदेखि शाखा प्रमुखसम्म गरी १५ जना कर्मचारी कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण