सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

हामी सरकारलाई सघाउने पक्षमा नै छौँ : हर्क साम्पाङ

बिहीबार, १२ चैत २०८२, १४ : ००
बिहीबार, १२ चैत २०८२

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्ने बताए।
  • उनले सरकारका गल्तीको आलोचना गर्दै सरकारलाई सहयोग गर्ने धारणा राखे।
  • राजनीतिमा सर्वोच्च स्थानमा पुग्ने लक्ष्य राख्नुलाई उनले स्वभाविक माने।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले आफू प्रतिपक्षमा बसेर सरकारलाई निरन्तर प्रश्न गर्ने र दबाब दिने स्पष्ट पारेका छन् । सरकारले गरेका गल्तीहरूमा आलोचना गर्नु नै वास्तवमा सरकारलाई सहयोग गर्नु रहेको उनको भनाइ छ ।

शपथग्रहणका लागि सिंहदरबार पुगेका साम्पाङले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रतिपक्षले गर्ने आलोचना र विरोधले सरकारलाई सही बाटो निर्धारण गर्न मद्दत पुग्ने र यसले देशलाई फाइदा हुने दाबी गरे। 

उनले भने, ‘हामी सरकारलाई प्रतिपक्षमा बसेर प्रश्न गर्छौं, सहयोग गर्छौँ। सरकारले गर्नुपर्ने काम जे छ, त्यसलाई एउटा प्रतिपक्षले पनि सहयोग नै गरिरहेको हुन्छ। आलोचनाबाट हामी सिकिरहेका हुन्छौँ, विरोधहरूबाट पनि सिकिरहेका हुन्छौँ। म कता जाँदैछु भन्ने कुराहरू हामीलाई निर्धारण गरिदिन्छ। त्यसले गर्दा हामी सरकारलाई, यो देशलाई सघाउने पक्षमा नै छौँ।’

राजनीतिमा सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्नुलाई अन्यथा मान्न नहुने उनको तर्क थियो।  ‘मैले पनि भनिरहेको छु, त्यो भन्न पाइन्छ। राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्नुपर्छ। यसलाई अन्यथा मान्नुहुँदैन,’ उनले भने ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप