बालेनलाई दलको नेता बनाउन रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु
सारांश
- रास्वपाले बालेन शाहलाई दलको नेता बनाउन केन्द्रीय समिति र संसदीय दलको बैठक बोलायो।
- सहमति अनुसार, बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाले उनलाई दलको नेता चयन गरेको छ।
- रास्वपाले बालेनलाई दलको नेता चयन गरेको निर्णय राष्ट्रपति कार्यालयमा पठाउनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाउन केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु भएको छ । बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकमा बालेनलाई सर्वसम्म दलको नेता बनाउने प्रस्ताव अनुमोदन गर्नेछ । संसदीय दलको बैठकअघि रास्वपा केन्द्रीय समिति बैठकले बालेनलाई संसदीयको नेता बनाउने सभापति रवि लामिछानेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो ।
उनलाई निर्वाचन अगाडि नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । नेपालको संविधानको धारा ७६(१)मा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । संविधान बमोजिम बालेनलाई प्रधानमन्त्री बनाउनका लागि रास्वपाले सहमतिमै दलको नेता छनोट गरेको हो । उनलाई दलको नेता छनोट गरेको निर्णय आजै राष्ट्रपति कार्यालयमा पठाउने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण