महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी
झापा । यहाँ जारी नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिक्रेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतको सिक्किम स्पोर्टिङ क्लब विजयी भएको छ ।
नेपाल–भारत मैत्री सङ्घ कोसी प्रदेश समितिको आयोजनामा भएको प्रतियोगिताको आजको खेलमा भारतकै दुन हेरिटेज सिलिगुडीलाई आठ विकेटले पराजित गर्दै सिक्किम स्पोर्टिङ क्लबले सहज जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिलिगुडीले निर्धारित २० ओभरमा अलआउट हुँदै ४७ रन बनाएको थियो । जवाफमा सिक्किमले १३.३ ओभरमा २ विकेट क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
सिलिगुडीका लागि ह्याप्पी सरकारले १५ रन बनाइन् भने सिक्किमकी मारियन सुब्बाले चार ओभरमा केवल आठ रन खर्चिएर २ विकेट लिएका थिए ।
ब्याटिङतर्फ सिक्किमकी नन्दिता कुमारीले २१ रन, प्रमिला क्षेत्रीले १४ रन बनाइन् । प्लेयर अफ द म्याच सिक्किमकी मारियन सुब्बा भइन् । समूह चरणको अन्तिम खेल शुक्रबार मिलन क्रिकेट क्लब झापा र भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किमबिच हुनेछ ।
साथै फाइनल खेल शनिबार हुने नेपाल–भारत मैत्री सङ्घ झापाका खेलकुद संयोजक गौरव सुब्बाले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण