टेनिस टोली श्रीलङ्का प्रस्थान
बिहीबार, १२ चैत २०८२, २२ : ३३
काठमाडौँ । आइटिएफ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलङ्काको कोलम्बो प्रस्थान गरेको छ ।
यही मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने उक्त प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैमा नेपालको सहभागिता रहनेछ । छात्रतर्फ विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा सन्तोष खत्री छन् । सन्तोष श्रीलङ्कामै छन् ।
प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस सङ्घले जनाएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण