बालेनलाई बाबुरामको शुभकामना : अब कसैको देवत्वकरण र दानवीकरण नगरौँ
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेन शाहलाई सफल कार्यकालको शुभकामना दिए।
- भट्टराईले बालेनको नेतृत्वमा देशले नयाँ दिशा लिने विश्वास व्यक्त गर्दै अर्थतन्त्र सुधारको सुझाव दिए।
- उनले सुशासन र समावेशी समृद्धिको नयाँ चरणमा प्रवेश गरेको बताए, र नयाँ नेतृत्वलाई काम गर्ने वातावरण बनाउन आग्रह गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा र मधेसी मूलका पहिलो प्रधानमन्त्री बन्न लागेका युवा इन्जिनियर बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले बालेनको काँधमा ऐतिहासिक कार्यभार आएको बताउँदै उनको नेतृत्वमा देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका हुन्।
लामो समयदेखि आन्तरिक रूपमा देशको अर्थ–राजनीति संरचनात्मक गत्यावरोधमा फसेको उल्लेख गर्दै भट्टराईले यसलाई चिरेर अघि बढ्न बालेनलाई सुझाव दिएका छन्। आन्तरिक अर्थतन्त्रको सुधार मात्र नभई बाह्य रूपमा तीव्र गतिमा बदलिँदै गएको भू–राजनीतिक अवस्थाका चुनौती र सम्भावनालाई कुशलतापूर्वक व्यवस्थापन गर्नुपर्ने दायित्व नयाँ प्रधानमन्त्रीको काँधमा रहेको उनले बताए।
एक्काइसौं शताब्दीका देश र जनताका आधुनिक आकांक्षाहरू पूरा गर्ने दिशामा नयाँ नेतृत्व सफल हुने भट्टराईको अपेक्षा छ। नेपाली राजनीति लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रिया पार गर्दै अब सुशासन र समावेशी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको भट्टराईले उल्लेख गरे।
अबको राजनीति समयानुकूल डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको बताउँदै उनले यो वस्तुगत यथार्थलाई सम्पूर्ण राजनीतिक वृत्त र आम नागरिकले आत्मसात गर्नुपर्नेमा जोड दिए। परम्परागत राजनीतिक शैलीबाट प्रविधिमैत्री पुस्तामा सत्ताको बागडोर सर्नुलाई उनले समयको माग र युगको आवश्यकताको रूपमा अर्थ्याएका छन्।
युवा नेतृत्वप्रति समाजको हेराइ कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा पनि भट्टराईले महत्त्वपूर्ण सन्देश दिएका छन्। नयाँ नेतृत्वलाई काम गर्ने सहज वातावरण बनाइदिनुपर्ने भन्दै उनले कसैको पनि देवत्वकरण वा दानवीकरण गर्न नहुने स्पष्ट पारे। राजनीतिमा अन्धभक्त भएर भगवान् नै मान्ने वा पूर्वाग्रही भएर दानवको रूपमा चित्रण गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ।
यसको सट्टा व्यक्ति वा दलले गरेका कामको गुण र दोषको आधारमा मात्रै सहकार्य तथा प्रतिस्पर्धा गर्ने नयाँ र स्वस्थ लोकतान्त्रिक संस्कृतिको विकास गर्न उनले सबैलाई आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण