सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

शुक्रबार, १३ चैत २०८२, १० : ५२
शुक्रबार, १३ चैत २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमणको समयसीमा १० दिन पछाडि सारेका छन्, जसले तेलको मूल्य घटायो।
  • अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ, तर बजारमा अनिश्चितता कायमै छ।
  • ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको मूल्य घटेको छ, तर युद्ध सुरु भएयता तेलको मूल्य उच्च छ।

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमाथि सम्भावित अमेरिकी आक्रमणको समयसीमा १० दिन पछाडि सार्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।

शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको हो । द्वन्द्व अपेक्षाभन्दा लामो समयसम्म लम्बिने चिन्ता बढिरहँदा अघिल्लो दिन बढेको मूल्यलाई आंशिक रूपमा मात्र सम्हाल्दै बजारमा अनिश्चितता कायमै रहेको देखिएको छ ।  

शुक्रबार ०२ः ३० जीएमटीमा लन्डनस्थित आईसी एक्सचेञ्जमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १ दशमलव ५ प्रतिशतले घटेर प्रतिव्यारेल ९३ डलर शून्य ७ सेन्टमा झरेको छ ।

त्यस्तै, तेलको अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) १ दशमलव ८ प्रतिशतले घटेर १०६ डलर १२ डलर प्रति व्यारेलमा कारोबार भएको छ । दीर्घकालीन रूपमा हेर्दा मूल्य अझै उच्च अवस्थामा छ ।

इरानसँगको युद्ध सुरु भएयता ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै ५० प्रतिशतले बढेको छ भने डब्ल्यूटीआई पनि करिब ४० प्रतिशतले उकालो लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप