विश्वकपमा इरानलाई स्वागत र सुरक्षा हुन्छ : ह्वाइट हाउस
सारांश
- ह्वाइट हाउसले अमेरिकामा फिफा विश्व कपमा सहभागी हुन आउने इरानी फुटबल टोलीलाई स्वागत गर्ने जनाएको छ।
- इरानको खेल मन्त्रालयले शत्रुतापूर्ण देशमा खेलाडी पठाउन प्रतिबन्ध लगाएको छ, तर फिफाले मेक्सिकोमा खेल सार्ने प्रस्ताव अस्वीकार गर्यो।
- ट्रम्पको अभिव्यक्तिपछि इरानी महिला टोलीका सदस्यले अस्ट्रेलियामा शरण खोजेका थिए, जहाँ उनीहरूका परिवारमाथि इरानमा दबाब दिइएको आरोप लागेको थियो।
वासिङ्टन डीसी । अमेरिकामा हुन लागेको फिफा विश्व कपमा सहभागी हुन आउने इरानी राष्ट्रिय फुटबल टोलीलाई स्वागत गरिने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्रयू जिुलियानीले टेक्सासमा आयोजित कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) का क्रममा बीबीसीसँग कुरा गर्दै भने, ‘अहिले हामी इरानी टोली आउने अपेक्षा गरिरहेका छौँ । अमेरिकामा बसोबास गर्ने इरानी डायस्पोराका लागि यो आफ्नो देशलाई उत्सवका रूपमा मनाउने राम्रो अवसर हुनेछ ।’
इरानको टोलीका समूह चरणका खेलहरू लस एन्जलस र सियाटलमा तय गरिएको छ । यद्यपि, इरानको खेल मन्त्रालयले शत्रुतापूर्ण देशहरूमा आफ्ना राष्ट्रिय टोली र खेलाडीहरूलाई सहभागी हुन प्रतिबन्ध लगाएको छ । दुई साताअघि डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी टोलीको अमेरिका यात्रा ‘उनीहरूको जीवन र सुरक्षाका दृष्टिले उपयुक्त नहुन सक्छ’ भन्ने टिप्पणी गरेपछि विवाद उत्पन्न भएको थियो ।
त्यसपछि इरानले आफ्ना खेलहरू मेक्सिकोमा सार्न अनुरोध गरेको थियो, तर फिफाले उक्त प्रस्ताव अस्वीकार गरेको थियो । जुलियानीका अनुसार राष्ट्रपतिले अहिले पनि इरानी टोलीलाई स्वागत गर्ने अडान कायम राखेका छन् ।
उनले भने– ‘ट्रम्पको अघिल्लो अभिव्यक्ति इरानी महिला फुटबल टोलीका सदस्यहरूले अस्ट्रेलियामा शरण खोज्ने विषय चर्चामा आएको बेला गरिएको थियो, जहाँ उनीहरूका परिवारमाथि इरानमा दबाब दिइएको आरोप लागेको थियो ।’
तर उनले अमेरिकाको गृह सुरक्षा मन्त्रालयको कामकाज ठप्प प्रायः भएको अवस्थाले विश्वकप तयारीमा अवरोध पुर्याउन सक्ने चेतावनी पनि दिएका छन् । ‘हामी यसलाई सुरक्षित र सफल बनाउन सक्दो प्रयास गरिरहेका छौँ, तर पूर्ण रूपमा सफल बनाउन सम्बन्धित निकाय सञ्चालनमा आउनु आवश्यक छ,’ उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण