शपथ
बालेन मन्त्रिपरिषद्मा ५ महिला बने मन्त्री
शुक्रबार, १३ चैत २०८२, १२ : ४८
सारांश
- बालेन शाहको नेतृत्वमा बनेको नयाँ सरकारमा ५ जना महिला मन्त्रीहरू नियुक्त भएका छन्।
- निशा मेहता स्वास्थ्य र खानेपानी मन्त्री, प्रतिभा रावल भूमि व्यवस्था मन्त्री, सोविता गौतम कानुन मन्त्री बने।
- गीता चौधरी कृषि मन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा नियुक्त भएका छन्।
काठमाडौँ । बालेन शाह (बालेन्द्र) नेतृत्वको नयाँ सरकारमा मन्त्री बन्नेहरूमा ५ जना महिला रहेका छन् ।
महिला मन्त्रीहरूको सूचीमा स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाएकी छन्। त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा प्रतिभा रावल चयन भएकी छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई दिइएको छ भने कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्रीमा गीता चौधरी नियुक्त भएकी छन्। यसका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सीता वादीले सम्हाल्लेकी छन्।
सबै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण