सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बेलायती दूतावासद्वारा प्रधानमन्त्री बालेनलाई बधाई

शुक्रबार, १३ चैत २०८२, १५ : ३५
शुक्रबार, १३ चैत २०८२

काठमाडौँ। नेपालमा रहेको ब्रिटिश दूतावासाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएको छ ।

शुक्रबार दूतावासले जारी गरेको सन्देशमा प्रधानमन्त्री बालेलनले पदभार ग्रहण गरेकोमा बधाई दिँदै बेलायत र नेपाल बिचको सम्बन्ध अब आधुनिक साझेदारीतर्फ उन्मुख भइरहेको उल्लेख गरिएको छ ।

सन्देशमा आर्थिक वृद्धि, युवा रोजगारी र जलवायु उत्थानशीलता जस्ता प्राथमिक क्षेत्रहरूमा सहकार्य विस्तार हुने विश्वास व्यक्त गरिएको छ।

नयाँ सरकारले आफ्ना प्राथमिकता तय गर्दै अघि बढिरहेको सन्दर्भमा बेलायतले यी लगायत अन्य क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको पनि दूतावासले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप