अपडेट
ओली निवास अघि प्रहरीको घेरा
शनिबार, १४ चैत २०८२, ०४ : ५३
सारांश
- शनिबार बिहान गुण्डुस्थित केपी शर्मा ओली निवास अगाडि बाक्लो प्रहरी परिचालन गरिएको छ।
- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास अगाडि सुरक्षा व्यवस्था बढाइएको छ।
काठमाडौँ । केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवास अगाडि शनिबार बिहानदेखि बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
पक्राउ पर्न सक्ने हल्ला फैलिएको अवस्थामा शुक्रबार रातिदेखि नै उक्त निवासमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू भेला भएका थिए । बिहान करिब ४ः४० बजे ओली निवासअघि बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।
शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण