ओली र लेखक दुवैलाई २ नम्बर गणमा राख्ने तयारी
शनिबार, १४ चैत २०८२, ०९ : ०७
सारांश
- प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित सशस्त्र प्रहरी गणमा राख्ने तयारी छ।
- उनीहरूलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरिएको थियो र काठमाडौं प्रहरी परिसर हुँदै अस्पताल लगिएको थियो।
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले दिएको जानकारीअनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जमा रहेको २ नम्बर गणमा लैजाने तयारी गरिएको छ । ओली र लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।
पक्राउपछि उनीहरूलाई प्रहरी परिसर काठमाडौँ हुँदै अस्पताल लगिएको थियो । अस्पतालमा चेकजाँचपछि २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण