आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

ओलीविनै च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू)

शनिबार, १४ चैत २०८२, १० : ०८
शनिबार, १४ चैत २०८२

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयमा छलफल गर्न सचिवालय बैठक बसेको छ।
  • एमालेले ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै देशभर प्रदर्शन गर्ने तयारी गरेको छ।
  • नेता लालबाबु पण्डितले सरकार गठनको २४ घण्टा नबित्दै ओली र लेखकलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका छन्।

काठमाडौँ । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष ओलीको गिरफ्तारीपछि पार्टीले लिने रणनीतिका बारेमा छलफल भइरहेको उपमहसचिव योगेश भट्टराईले जानकारी दिए ।

राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा अध्यक्षको गिरफ्तारी गरिएको प्रतिक्रिया दिएको एमालेले त्यसको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी गरेको छ । शनिबार बिहानबाटै एमाले कार्यकर्ताले प्रदर्शन थालिसकेका छन् ।

uml sachabilya (2)

यसैबिच एमाले नेता लालबाबु पण्डितले सरकार बनेको २४ घण्टा नबित्दै अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्रिएर राजनीतिक प्रतिशोध सुरुवात गरेको बताए । 

uml sachabilya (3)

‘प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ । हामी सुशासनको पक्षमा छौ, कानुनी उपचारमा जान्छौ’, नेता पण्डितले भने, ‘नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई सरकार बनेको २४ घण्टा नभइ एकैपटक पक्राउ गरिएको छ । यसको एमालेले प्रतिवाद गर्छ ।’ 

uml sachabilya (4)

उनले प्रतिशोधको राजनीतिले सुशासन होइन, द्वन्द्व बढ्ने भन्दै लुटपाट र आगजनीबाट राजनीति सुरु गरेकाले अराजकता उत्पन्न गर्नेतिर लागेको बताए । ‘त्यसैले नेपाली जनता र राजनीतिक पार्टीहरूमा प्रतिवाद गर्नुको विकल्प हुदैन । दुर्भाग्य र अशान्ति निम्त्याउँछ । राजनीतिक पार्टीले राजनीतिक प्रतिवाद गर्छन्’, पण्डितको भनाइ छ ।

uml sachabilya (5)uml sachabilya (6)uml sachabilya (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप