आफैँले गाडी चलाएका आयल निगमका कार्यकारी निर्देशक भट्ट परे दुर्घटनामा
सारांश
- नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले चलाएको सरकारी गाडी दुर्घटनामा पर्यो।
- शनिबार दिउँसो कलंकी चोकमा भएको दुर्घटनामा भट्ट सामान्य घाइते भए, र प्रहरीले उनलाई नियन्त्रणमा लियो।
- दुर्घटना सार्वजनिक बिदाको दिन भएको थियो, जसमा भट्टले चलाएको गाडी डिभाइडरमा ठोक्किएको थियो।
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट शनिबार दिउँसो राजधानीको कलंकी चोकमा आफैँले चलाएको सरकारी गाडी दुर्घटनामा परेका छन् । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको गाडी लिएर निस्केका भट्ट डिभाइडरमा ठोक्किएपछि ट्राफिक प्रहरीले उनलाई र गाडीलाई नियन्त्रणमा लिएको थियो ।
दुर्घटना शनिबार दिउँसो करिब २ बजे कलंकी चोकस्थित एक डिभाइडरमा भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार भट्टले आफैँले गाडी चलाइरहेका बेला बा७६५४ नम्बरको सरकारी कार अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयवासी जम्मा भएका थिए । त्यसपछि कलंकीस्थित ट्राफिक प्रहरी तत्कालै घटनास्थलमा पुगेर भट्टलाई उद्धार गर्नुका साथै उनीसहित दुर्घटनाग्रस्त कारलाई नियन्त्रणमा लिएको थियो । दुर्घटनामा परेका भट्ट सामान्य घाइते भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण