कालीगण्डकीमा ‘र्याफ्टिङ’ सञ्चालन
म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्याफ्टिङ’ सुरु गरेका छन् ।
पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा ‘र्याफ्टिङ’ सुरु गरेका हुन् ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से-नयाँपुल खण्डमा र्याफ्टिङको शुभारम्भ गरे ।
र्याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको र्याफ्टिङमा ३८ जनाको सहभागिता रहको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए । “पोखरादेखि सवारीमा दुई घण्टामा पुग्न सकिने फर्से-नयाँपुल खण्डमा र्याफ्टिङ गर्न आउने पर्यटकहरू कुश्मा, बागलुङ, बेनी, गलेश्वर पनि घुम्न पाउँछन्, प्रकृति, संस्कृति र साहसिक पर्यटन मन पराउनेका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ”, उनले भने ।
फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा र्याफ्टिङ गर्न एक घण्टा ३० मिनेट लाग्छ । पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्याफ्टिङको प्रवर्द्धन गरेको थियो ।
एकपटकमा एउटा बोटमा आठ जनाले र्याफ्टिङ गर्न सक्ने र्याफ्टिङ रनरका सञ्चालक वीरेन्द्र लामाले बताए । विदेशी पर्यटकका लागि नयाँपुलदेखि गुल्मीको रिडीसम्म तीन दिनको र्याफ्टिङ प्याकेज उपलब्ध गराइएको छ ।
कात्तिक र चैत महिना र्याफ्टिङका लागि अनुकूल याम मानिन्छ । कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकन गर्न पाउँदा रोमाञ्चक महसुस भएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण