अपडेट
सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढ्यो
आइतबार, १५ चैत २०८२, ११ : २३
सारांश
- शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ।
- आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ रहेको थियो।
त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ४० हजार ९१० रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण