रवि लामिछानेको अभियोगपत्र फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दाको अभियोगपत्र फिर्ताको रिटमा सुनुवाइ भइरहेको छ।
- सर्वोच्च अदालतमा उक्त मुद्दामा बहस नसकिएपछि आज फेरि सुनुवाइ हुने भएको छ, जसमा न्यायाधीशहरू विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलास छ।
- महान्यायाधिवक्ताले लामिछानेमाथिको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाउन निर्देशन दिएपछि रिट दायर भएको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा बिहीबार बहस नसकिएपछि आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट ‘हेर्दाहेर्दै’ मा राखेर सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।
महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण