सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

केपी ओलीकाे रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन

आइतबार, १५ चैत २०८२, ११ : ४६
आइतबार, १५ चैत २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरिएको छ।
  • ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै उनकी पत्नी राधिका शाक्यले निवेदन दिएकी हुन्।
  • निवेदन दर्ता भएमा भोलि सुनुवाइ हुनेछ, जसमा ओली र रमेश लेखक पक्राउ परेको विषय समेटिएको छ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस भएको छ ।

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओ‌लीको हकमा उनको पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरेकी छिन् । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदन पेस भए पनि अध्ययनको क्रममा रहेको छ । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप