अदालत
केपी ओलीकाे रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन
आइतबार, १५ चैत २०८२, ११ : ४६
१
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरिएको छ।
- ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै उनकी पत्नी राधिका शाक्यले निवेदन दिएकी हुन्।
- निवेदन दर्ता भएमा भोलि सुनुवाइ हुनेछ, जसमा ओली र रमेश लेखक पक्राउ परेको विषय समेटिएको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस भएको छ ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीको हकमा उनको पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरेकी छिन् । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदन पेस भए पनि अध्ययनको क्रममा रहेको छ । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण