अदालत
ओली र लेखकमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो १० दिन म्याद
आइतबार, १५ चैत २०८२, १३ : ०९
सारांश
- प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको माग गरेको छ।
- जिल्ला सरकारी वकिल कार्यालयले दुवै जनालाई अदालतमा १० दिन म्याद थपका लागि पेश गरेको छ।
- न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारे सुनुवाइ भइरहेको छ र आजै निर्णय आउने सम्भावना छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतमा माग गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले १० दिन म्याद थपका लागि दुवै जनालाई अदालतमा पेस गरिएको बताए ।
ओली र लेखकको म्याद थप बारे जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ । ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको छ ।
अदालतमा पेस भएको निवेदनमाथि आज सुनुवाइ हुनेछ । दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण