एमालेको विरोधपत्र बुझ्दै प्रजिअ पौडेलले भने, ‘राजनीतिक विषयमा प्रवेश गर्दैनौँ’
सारांश
- काठमाडौँका प्रजिअले राजनीतिक घटनाक्रमका कारण हुनसक्ने अप्रिय स्थिति रोक्न प्रशासन सतर्क रहेको बताए।
- प्रशासनले हिंसात्मक गतिविधि नियन्त्रण गर्न कठोर रूपमा लाग्ने र गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिए।
- एमालेले ओलीको पक्राउको विरोध गर्दै संविधान र विधिको शासनविपरीतका कदम सच्याउन माग गरेको छ।
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वर पौडेलले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुन सक्ने कुनै पनि अप्रिय स्थिति रोक्न स्थानीय प्रशासन पूर्ण रूपमा सतर्क रहेको बताएका छन्। आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा ज्ञापनपत्र बुझ्दै उनले हिंसात्मक र अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न प्रशासन कठोर रूपमा लाग्ने स्पष्ट पारेका हुन्।
प्रशासनले राजनीतिक विषयमा प्रवेश नगर्ने तर सरकारले दिएको प्रशासनिक र पेशागत जिम्मेवारी दृढताका साथ निभाउने उनको भनाइ छ। शनिबार भएका विभिन्न गतिविधि र झडपबारे प्रशासनले सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै प्रजिअ पौडेलले अराजनीतिक र गैरकानुनी क्रियाकलापमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिए।
उनले एआईको यो जमानामा मिडिया र सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना जान सक्नेतर्फ सचेत गराउँदै संयमता अपनाउन सबै पक्षलाई आग्रह गरे। सुरक्षाकर्मीहरूलाई पनि आफ्नो कर्तव्य निर्वाह गर्दा संयमित हुन निर्देशन दिइएको र फिल्डको वस्तुस्थितिबारे प्रशासन निरन्तर अपडेट रहेको उनले जानकारी दिए।
एमालेको सचिवालय बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले बुझाएको विरोध पत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीतका कदम तत्काल सच्याउन माग गरिएको छ। एमालेले अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।
जवाफमा प्रजिअ पौडेलले शान्ति सुरक्षा कायम राख्नु प्रशासनको पहिलो प्राथमिकता भएको भन्दै स्थितिलाई सामान्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण