एपस्टिन मुद्दामा सवा ७ करोड डलर तिर्न बैंक अफ अमेरिका सहमत
सारांश
- बैंक अफ अमेरिका यौन दुराचारी जेफ्री एपस्टिनसँग सम्बन्धित मुद्दा मिलाउन पीडितलाई ७ करोड २५ लाख डलर तिर्न सहमत भएको छ।
- महिलाहरूले बैंकलाई एपस्टिनको यौन दुराचारमा सहयोग गरेको आरोप लगाएका थिए, जसका कारण मुद्दा दायर भएको थियो।
- बैंकका प्रवक्ताका अनुसार, यो सम्झौताले मुद्दा अन्त्य गर्न र पीडितहरूलाई मानसिक शान्ति प्रदान गर्नेछ।
वासिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक बैंक अफ अमेरिका दिवङ्गत यौन दुराचारी जेफ्री एपस्टिनसँग सम्बन्धी मुद्दा राफसाफ गर्न पीडितलाई पैसा दिन सहमत भएको छ । एपस्टिनको यौन दूर्व्यवहारलाई सहजीकरण गरेको आरोप लगाउँदै महिलाले बैंकमाथि देवानी मुद्दा दायर गरेको शुक्रबार अदालती कागजातले देखाएको भन्दै रोयटर्सले समाचार छापेको थियो ।
बैंकका वकिल र महिलाले यही महिना आफूहरू ७ करोड २५ लाख डलरमा मामिला सल्टयउने सहमतिमा पुगेको म्यानह्याटनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीस जेड राकोफलाई भनेका थिए । तर प्रारम्भिक रूपमा सम्झौताको सर्तहरू सार्वजनिक गरिएको छैन ।
‘यस मुद्दामा हामीले पहिले दिएका बयानहरूको समर्थन गर्छौँ, जसमा बैंकले यौन तस्करीमा सहयोग गरेको छैन भन्ने कुरा पनि समावेश छ । तर यस सहमतिले हामीलाई यो मुद्दा अन्त्य गर्न अनुमति दिन्छ र मुद्दा दायर गर्नेहरूलाई थप मानसिक शान्ति प्रदान गर्छ,’ बैंक अफ अमेरिकाका प्रवक्ताले भनेका छन् ।
अहिलेको अवस्थामा क्लाइन्टका लागि समझदारी उत्तम विकल्प भएकोमा उनीहरूले जोड दिएका थिए । अदालतका कागजात अनुसार, वकिलहरूले सम्झौताको करिब ३० प्रतिशत वा लगभग २ करोड १८ लाख डलर कानुनी शुल्कको रूपमा माग गर्न सक्नेछन् ।
सम्झौतालाई अन्तिम अनुमोदन न्यायाधीश राकोफले गर्नुपर्नेछ । न्यायाधीशले बिहीबार यस सम्झौता अनुमोदन गर्ने विषयमा सुनुवाइ तय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण