दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण विभाग पठाइयो
सारांश
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दीपक खड्कालाई अनुसन्धानको लागि पठाएको छ।
- खड्कालाई सीआईबीले पक्राउ गरेको थियो र उनको घरमा आगजनी भएको थियो, जसमा नोट जलेका थिए।
- विभागले जलेका नोटको विषयमा अनुसन्धान गरिरहेको छ र उनलाई अदालत लैजानेछ।
काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा.मनोज केसीले खड्कालाई विभाग पठाएको जानकारी दिए ।
उनका अनुसार खड्कामाथिको मुद्दाको अनुसन्धान र अभियोजन गर्ने काम अव विभागले गर्छ । त्यसअघि विभागले म्याद थप्न पनि विभागले नै खड्कालाई अदालत लैजान्छ ।
पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।
आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलन समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण