सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
समाचार

ओली र लेखकको म्याद थपको बहस सकियो, केहीबेरमा निर्णय आउने

आइतबार, १५ चैत २०८२, १५ : १०
आइतबार, १५ चैत २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको म्याद थपको बहस सकियो।
  • काठमाडौं जिल्ला अदालतमा न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो।
  • प्रहरीले १० दिन म्याद थपको माग गरेको छ, र केही बेरमा अदालतको निर्णय आउनेछ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको निवेदनमाथिको बहस सकिएको छ ।  ओली र लेखकको म्याद थप बारे काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो ।

दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ । यसबारे केही बेरमा आदेश आउनेछ । 

प्रहरीले १० दिनको म्याद थप गर्न अदालतमा माग गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले  १० दिन म्याद थपका लागि दुवै जनालाई अदालतमा पेस गरिएको बताए । 

सुनुवाइका क्रममा ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप