सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

सरकार पूर्वाग्रही तरिकाले अगाडि बढे देश दुर्घटनामा जान्छ : नेकपा

आइतबार, १५ चैत २०८२, १६ : १४
आइतबार, १५ चैत २०८२

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीले सरकार पूर्वाग्रहबाट अघि बढे देश दुर्घटनामा जाने चेतावनी दिएको छ।
  • नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण बैठकमा नेकपाले सरकारलाई विधि र प्रक्रियाअनुसार अघि बढ्न आग्रह गरेको छ।
  • नेकपाले बालेन सरकारको सम्पत्ति छानबिन गर्ने निर्णयमा सहयोग गर्ने बताएको छ, र यसको समर्थन जनाएको छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सरकार पूर्वाग्रह वा प्रतिशोधबाट अगाडि बढे देश दुर्घटना जाने बताएको छ । आइतबार केन्द्रीय कार्यालय पेरिसडाडामा नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा संसदीय दलको संयुक्त बैठकमा सरकार विधि, प्रक्रिया र कानुनसम्मत रूपमा अगाडि बढ्न सरकारसँग आग्रह गरेको हो । 

‘सरकारले आग्रह र पुर्वाग्रहबाट काम गर्न हुँदैन । जहाँ पूर्वाग्रही, प्रतिशोधका आधारमा छानबिन हुन्छ, त्यसतर्फ सरकार गयो भने देशमा फेरि दुर्घटनामा जान्छ’, बैठकपछि सांसद महेन्द्रबहादुर शाहीले भने । 

यस्तै बालेन सरकारले २०४८ सालदेखि राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयमा नेकपाले सहयोग गर्ने शाहीले बताए । सार्वजनिक ओहोदामा बसेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषय प्रचण्ड सरकारले अगाडि बढाएकाले त्यसमा सहयोग रहने उनले दलको धारणा सुनाए । 

‘हरेक ठाउँमा जे प्रश्न उठाएका छन्,त्यसबारे छानबिन हुनुपर्छ । प्रधानमन्त्री, सरकारी कर्मचारी र राज्यका निकायमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर संयोजक प्रचण्डले बारम्बार भन्नुभएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि संसद्को रोष्टमबाट बारम्बार भनिराख्नुभएको छ । अहिलेको सरकारले कानुनसम्मत रूपमा गरेका कामबारे हाम्रो दलको समर्थन रहनेछ’, उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप