सट्टेबाजी एप बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सट्टेबाजी एप बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजनाको बुँदा नम्बर ४२ लाई कार्यान्वयन गर्दै प्राधिकरणले सबै सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार उक्त निर्णय कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट आइतबार नै निर्देशन प्राप्त भएको थियो । लगत्तै उक्त निर्णय कार्यान्वयन गर्न पत्र पठाएको अर्यालको भनाइ छ ।
कुन कुन साइट बन्द गर्ने भन्नेमा अन्योल
निर्देशन दिए पनि कुन कुन वेभसाइट बन्द गर्ने भन्ने अन्यौल देखिन्छ । न त यसको लागि सरकारले नै सूची तोकेर पठाएको छ, न त प्राधिकरणले नै सेवाप्रदायकलाई कुन कुन वेबसाइट बन्द गर्ने नै भनेको छ ।
प्रवक्ता अर्याल प्राधिकरणको अनुगमन महाशाखाले यसबारे अनुगमन गर्ने गरेको भन्दै आवश्यक समन्वय गर्ने जनाएको छ । ‘बेटिङ एपका आईपी र यससँग जोडिएका युआरएल पत्ता लगाउनुपर्छ । हामीले अहिले शंकास्पद सबै वेभसाइट बन्द गर्न भनेको छौँ, यही नै भनेर नाम तोकेर पठाएको अवस्था चाहिँ छैन,’ अर्यालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण