इनिसा मृत्यु प्रकरण : सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गरायो अभियोगपत्र
सारांश
- १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या घटनामा सरकारी वकिलले अभियोगपत्र दर्ता गरेको छ।
- इंसा विक वीरेन्द्रनगर नगरपालिकाको सामुदायिक वनमा मृत फेला परेकी थिइन्।
- प्रहरीले घटनाको अनुसन्धानपछि एक नाबालकलाई नियन्त्रणमा लिएको छ, जसले इनिसाको प्रेमी भएको बयान दिएका छन्।
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनामा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गराएको छ । आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दर्ता गराएको हो ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।
फागुन २३ गते शनिवार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका छन् ।
यसअघि चैत ११ गते सुर्खेत प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । प्रहरीले भने सामूहिक नभएर एकल करणी भएको निष्कर्ष निकालेको थियो ।
यद्यपि, सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रमा भने सामूहिक बलात्कार भएको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण