भारतीय पूर्वराजदूतले भने – नयाँ सरकारप्रति नेपाली जनताको अपेक्षा उच्च छ
आइतबार, १५ चैत २०८२, १७ : ११
काठमाडौँ । नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जिवसिंह पुरीले नेपालमा बनेको नयाँ सरकारप्रति जनताको अपेक्षा उच्च रहेको बताएका छन् ।
भारतका एनआईएसँग कुरा गर्दै उनले जनताको अपेक्षा पूरा गर्न सहकार्य र परिणाममुखी काम आवश्यक रहेको बताएका छन् । नेपालमा गठन भएको नयाँ सरकारले पुस्तान्तरणको स्पष्ट संकेत दिएकाले नेपाली राजनीतिमा पुस्तागत परिवर्तन भएको पनि उनले बताए ।
विगतमा एमाले–माओवादी गठबन्धनले ६० प्रतिशतभन्दा बढी मत ल्याएका थिए, तर हालैको निर्वाचनको परिणामले फरक सन्देश दिएको उनको भनाइ थियो । उनले यस परिणामले नेपाली नेताहरूलाई जनताको चाहना बुझ्न बाध्य बनाउने पनि उनले बताए । 'यसले नेताहरूलाई आपसमा सहकार्य गरेर जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण