अदालत
दीपक खड्कालाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गरियो
आइतबार, १५ चैत २०८२, १७ : १८
सारांश
- पूर्वउर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धिकरण मुद्दामा म्याद थपका लागि अदालतमा पेश गरियो।
- नेपाली कांग्रेसका नेता खड्कालाई केहीबेर अघि जिल्ला अदालतमा पेश गरिएको हो।
काठमाडौँ । पूर्वउर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सम्पत्ति शुद्धिकरण मुद्दामा म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ । खड्कालाई केहीबेर अघि जिल्ला अदालतमा पेस गरिएको हो ।
पूर्वऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।
आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलन समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण