इरान युद्धमा संलग्न अमेरिकी विमानलाई स्पेनले आफ्नो हवाई क्षेत्रमा छिर्न नदिने
मड्रिड । इरानसँगको युद्धमा संलग्न अमेरिकी सैन्य विमानलाई स्पेनले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिने निर्णय गरेको छ ।
स्पेनी रक्षा मन्त्री मार्गारीटा रोबल्सले सोमबार म्याड्रिडमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएकी हुन् । उनका अनुसार, ‘हामी इरानसँगको युद्धमा कुनै पनि कारबाहीका लागि न त आफ्नो सैन्य आधार प्रयोग गर्न दिन्छौं, न त हवाई क्षेत्र नै प्रयोग गर्न अनुमति दिन्छौँ ।’ यसअघि स्पेनले संयुक्त रूपमा सञ्चालन हुने अमेरिकी–स्पेनी सैन्य अड्डाहरू प्रयोग गर्न पनि अस्वीकार गरिसकेको थियो ।
स्पेनी पत्रिका एल पाइसले सैन्य स्रोतलाई उद्धृत गर्दै पहिलो पटक यो निर्णयबारे समाचार सार्वजनिक गरेको थियो । खबरका अनुसार, हवाई क्षेत्र बन्द गरिएपछि अमेरिकी सैन्य विमानहरूले पश्चिम एसिया पुग्न स्पेनलाई घुमेर जानुपर्नेछ, जसले सैन्य अभियानमा थप जटिलता ल्याउन सक्छ । यद्यपि आपतकालीन अवस्थाहरूमा भने केही छुट दिइने बताइएको छ ।
‘यो कदम अन्तर्राष्ट्रिय कानुनविपरीत एकतर्फी रूपमा सुरु गरिएको युद्धमा सहभागी नहुने सरकारको नीतिको हिस्सा हो,’ अर्थमन्त्री कार्लोस कुएर्पोले यो निर्णयबारे स्पष्ट पार्दै भने ।
स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले पनि अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणलाई लापरवाह र गैरकानुनी भन्दै कडा आलोचना गर्दै आएका छन् ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सैन्य अड्डा प्रयोग गर्न नदिएकोप्रति असन्तुष्टि जनाउँदै स्पेनसँग व्यापार सम्बन्ध कटौती गर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण