सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव चन्दले  लिए शपथ

सोमबार, १६ चैत २०८२, २१ : ४५
सोमबार, १६ चैत २०८२

सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले सदस्य–सचिव चन्दलाई सपथ ग्रहण गराएका हुन् । गत चैत १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चन्दलाई परिषद्को दोस्रो सदस्य–सचिवका रूपमा नियुक्त गरेको थियो ।

सोही अवसरमा परिषद्का उपाध्यक्ष प्रमोद हमाल तथा सदस्यहरू पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही र किरण किशोर सापकोटाले पनि सपथ लिएका छन् । 

गत २०८१ पुस ४ गतेदेखि रिक्त रहेको सदस्य–सचिव पदमा चन्द नियुक्त भएका हुन् ।

यसअघि, सदस्य–सचिव छनोटका लागि गठित समितिले गत माघ ३ गते अन्तर्वार्ता लिएर तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो । सिफारिसमा परेका रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमालमध्ये मूल्यांकनमा चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए । दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक पाएका थिए ।

सदस्य–सचिव पदका लागि सुरुमा २१ जनाले आवेदन दिएका थिए, जसमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप