सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्‍यो भन्दा पनि स्याल पल्कियो’

सोमबार, ०८ असार २०८३, २० : १३
सोमबार, ०८ असार २०८३

सारांश

  • नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट पक्राउ गरिएपछि टिप्पणी गर्दै यसलाई प्रतिशोधको भावनाले प्रेरित गिरफ्तारी भनेका छन् ।
  • बस्नेतले सामाजिक सञ्जालमा 'कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो' भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
  • उनले कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कारबाही हुनुपर्नेमा जोड दिँदै यसलाई लोकतान्त्रिक अधिकार र राजनीतिक स्वतन्त्रतासँग जोडिएको विषयका रूपमा बुझ्न एमाले पंक्तिलाई आग्रह गरेका छन् ।

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष  तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ  परेपछि एमाले सचिव महेश बस्नेतले टिप्पणी गरेका छन् । फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिएको उनको दाबी छ ।  

बस्नेतले पौडेल पक्राउ लगत्तै सामाजिक सञ्जालमार्फत  ‘कुखुरा मर्‍यो’ भन्दा पनि ‘स्याल पल्कियो’ भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताएका छन्।

आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने बस्नेतको भनाइ छ । 

'कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ। तर फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन’, बस्नेतले भनेका छन् ।

एमाले पंक्तिले पनि यसलाई केवल एउटा व्यक्तिसँग सम्बन्धित घटनाका रूपमा होइन, लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक रहेको बस्नेतको भनाइ छ । पौडेललाई सम्पत्ति शुद्धीकरणको पत्रका आधारमा सोमबार प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप