घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
मङ्गलबार, १७ चैत २०८२, ०६ : ५६
सारांश
- एमाले नेता गोकुल बास्कोटाले सरकारलाई विधिको शासन पालना गर्न सुझाव दिएका छन्।
- उनले रास्वपा र बालेन शाह सरकारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा यस्तो सुझाव दिएका हुन्।
- बास्कोटाले छानबिन गर्दा कानुनी तथ्य स्थापित गर्नुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन पालना गर्न सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत रास्वपा र बालेन शाह सरकारलाई लक्षित गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
उनले भनेका छन्– 'अरूलाई पुर्ने खाल्डो खन्दा आफै पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले। विधिको शासन,कानुनी राज मानव अधिकार अनि बच्चा,बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर।'
बास्कोटा थप लेख्छन्– 'घण्ट बजाएर मात्र हुँदैन है । जो माथि जे मा छानबिन गर्नु छ गर। तर आग्रह हैन कानुनी तथ्यहरू स्थापित हुनै पर्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण