दक्षिण लेबनानमा चार इजरायली सेना मारिए
मङ्गलबार, १७ चैत २०८२, ११ : २५
सारांश
- दक्षिणी लेबनानमा भएको भिडन्तमा चार इजरायली सैनिकको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा क्याप्टेन नोआम म्याडमोनी, स्टाफ सर्जेन्ट बेन कोहेन र म्याक्सिम एन्टिस रहेका छन् ।
- घटनामा दुई जना घाइते भएका छन्, जसमा एक जना गम्भीर अवस्थामा छन् ।
बेरुत । दक्षिणी लेबनानमा भएको भिडन्तमा चार जना इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ ।
आईडीएफले टेलिग्राममार्फत सार्वजनिक गरेको विवरणअनुसार २२ वर्षिय क्याप्टेन नोआम म्याडमोनी, २१ वर्षिय स्टाफ सर्जेन्ट बेन कोहेन र र २२ वर्षिय स्टाफ सर्जेन्ट म्याक्सिम एन्टिसको लडाइँका क्रममा मृत्यु भएको हो ।
आईडीएफका अनुसार सोही घटनामा चौथो सैनिकको पनि मृत्यु भएको छ । तर उनको नाम सार्वजनिक गर्न बाँकी रहेको बताइएको छ । यसै घटनामा दुई जना घाइते भएका छन् ।
जसमा एक सैनिक गम्भीर अवस्थामा रहेका छन भने एक रिजर्भ सैनिक पनि घाइते भएको बताइएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण