रवि लामिछाने र महन्थ ठाकुरबिच भेटवार्ता
मङ्गलबार, १७ चैत २०८२, ११ : ५७
सारांश
- रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भयो।
- भेटमा राजनीतिक अवस्था, मधेसको विकास र प्राथमिकताका योजनाबारे छलफल भयो।
- दुवै पक्ष देशको विकासका लागि सहकार्य गर्न सहमत भए र सुशासनलाई प्राथमिकता दिने निर्णय गरे।
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।
बुढानिलकण्ठस्थित सभापति लामिछानेको निजी निवासमा मंगलबार भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास तथा प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन् ।
साथै, विकास र सुशासनका एजेन्डालाई प्राथमिकतामा राख्दै आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत सहमति भएको लामिछानेको सचिवलयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण