देउवा–कोइराला पक्षको बैठकमा निवर्तमान पदाधिकारीसहित ६५ बढी सदस्य (सूचीसहित)
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आधा दर्जन निवर्तमान पदाधिकारीसहित ६० बढी केन्द्रीय सदस्य सहभागी भए।
- बैठक १४ औँ महाधिवेशनबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भयो।
- डा. शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह लगायतका नेताहरूको उपस्थिति रह्यो।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले बोलाएको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकमा आधा दर्जन निवर्तमान पदाधिकारीसहित ६० बढी केन्द्रीय सदस्य सहभागी भएका छन् ।
महाराजगन्जको स्मार्ट होटलमा भर्खर सुरु बैठकमा नेताहरू आउने क्रम अझै जारी रहेको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।
बैठक १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित र गत असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ ।
सँगै बैठकमा निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ उपस्थित छन् ।
१४ औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी नेता डा.शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि सहभागी छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरू बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, एनपी साउद, श्यामकुमार घिमिरे, अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, रमा कोइराला पौड्याल बैठकमा उपस्थित भएका छन् । विद्यादेवी तिमल्सिना, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, मानबहादुर विश्वकर्मा, राजीवविक्रम शाह, मानबहादुर नेपाली, ध्यानगोविन्द रञ्जित, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, जीतजंग बस्नेत, मीन विश्वकर्मा पनि सहभागी छन् ।
डा. मिनेन्द्र रिजाल, पदमनारायण चौधरी, मदन अमात्य, सिता गुरुङ, भीम पराजुली, सरस्वती अर्याल तिवारी, महिन्द्र लिम्बु, दिपक गिरी, गेहेन्द्र गिरी पनि उपस्थित भइसकेका छन् । रामहरि खतिवडा, शिव हुमागाई, उमेशजंग रायमाझी, दिलेन्द्र बडू, सुजाता परियार, हरिशंकर परियार, गुरु बराल, शान्ति परियार बिक, सिता राना र वीरबहादुर बलायर उपस्थित भएका छन् ।
बलायर पार्टीका सुदूरपश्चिम प्रदेश सभापति हुन् । उनी केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुन्छन् । त्यस्तै कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि उपस्थित छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरू कुन्दन काफ्ले, पुष्प पराजुली, अर्जुनजंगबहादुर सिंह, राधा घले, डा. रणबहादुर रावल, गणेश लामा, कल्याणी रिजाल, किरण पौडेल, प्रदीप सुनुवार, गोविन्द भट्टराई, आशा बिक, शारदा पौडेल, जीवन राना र सुशीला मिश्र पनि बैठकमा उपस्थित भइसकेका छन् । बैठक सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण