सिमानामा ‘बोर्डर पट्रोलिङ’ मजबुत बनाउनेबारे गृहमन्त्री र सशस्त्रका आईजीबिच छलफल
सारांश
- गृहमन्त्री र सशस्त्र प्रहरी प्रमुखबीचको भेटवार्तामा विपद् व्यवस्थापनबारे छलफल भयो।
- विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक रणनीति र स्रोत व्यवस्थापनमा जोड दिइयो।
- सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न गस्ती बढाउने निर्णय गरियो।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सशस्त्रका आईजी राजु अर्यालसँग छलफल गरेका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पुगेर गुरुङले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती ‘बोर्डर पट्रोलिङ’ कडा बनाउनेबारे छलफल गरेका हुन् ।
तस्करी नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउन गुरुङले सशस्त्र प्रहरीका आईजीलाई निर्देशन दिएका छन् ।
छलफलमा सशस्त्रका उच्च पदस्थ अधिकारीहरू सहभागी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । अन्य सुधारको विषयमा पनि छलफल भएको छलफलमा सहभागी एक जना अधिकृतले रातोपाटीलाई बताए ।
गृहमन्त्री गुरुङ मंगलबार निरीक्षण गर्न हलचोक स्थित सशस्त्र प्रहरी मुख्यालयमा पुगेका हुन् । सशस्त्रका उच्च अधिकृतहरूसँगको बैठकमा विपद् व्यवस्थापनका लागी आवश्यक पूर्वतयारीबारे पनि छलफल भएको छ ।
विपद् व्यवस्थापनमा आवश्यक रणनीति, स्रोत व्यवस्थापन र समन्वयबारे छलफल भएको सशस्त्रका अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण